काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले हिउँ चितुवाको तस्बिरसम्बन्धी पोस्ट सामाजिक सञ्जालबाट हटाउने भएको छ। अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथि गएर खिचेको भनिएको हिउँ चितुवाका तस्बिर ‘फेक’ रहेका आधारसहितको तथ्यजाँच-अनुसन्धानात्मक सामग्री प्रकाशित भएपछि नेपालस्थित अमेरिकी दूतावासले आफ्नो विगतको पोस्ट हटाउने जानकारी गराएको हो। अल्पाइनम्यागको स्टोरी साझा गर्दै अमेरिकी दूतावासले आइतबार कितियाको तस्बिरसम्बन्धी […]