काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रहेको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ नटुंगिएपछि हेर्दाहेर्दैमा रहेको हाे । तत्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ। […]