आईजीपी नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  विधि मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अस्ति सोमवार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । बहसको क्रम नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्ट पोखरेलले ३० दिन लामो बिदा लिनुभ...

सम्बन्धित सामग्री

आईजीपी नियुक्ति विवाद : सुनुवाइ पूरा हुनै सकस

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा २१ वैशाखबाट बहस भइरहेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।संयुक्त इजलासमा आईजीपी नियुक्ति विवादबारे असार १९ मा चौथोपटक सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनका प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेल सर्वोच्च गएका हुन् । पोखरेलले दायर गरेको रिट निवेदन का

विश्वराज पोखरेलसहितको दुई मुद्दा जेठ ३० मा एकसाथ सुनुवाइ हुने

नेपाल प्रहरीको आईजीपी नियुक्ति र एआईजीको बढुवा विरुद्धको मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्दाको आगामी जेठ ३० गते एकसाथ सुनुवाइ गर्ने आदेश दिएको हो । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेल अदालतमा रिट दायर गरेका थिए भने  एआईजीको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।  एआईजीको बढुवाविरुद्धको रिटमा अदालतले प्रहरी प्रधा

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।