एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारितको प्रक्रिया सुरु

काठमाडौं, असोज ४ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् । बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन […]

सम्बन्धित सामग्री

लोकप्रिय निर्णय कार्यान्वयनमा बेवास्ता

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपश्चात् विजयी जनप्रतिनिधिहरूले पदभार ग्रहणका क्रममा गरेका लोकप्रिय निर्णय तथा प्रतिबद्धताहरूप्रति बेवास्ता हुन थालेको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि यस्ता निर्णयलाई कार्यान्वयन गर्नतर्फ जनप्रतिनिधिले खासै चासो दिएका छैनन्। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपलिकाले तीन हजार पाँच सय घरधुरीका १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो। यसका लागि न्यूनतम प्रतिघरपरिवार दस्तुर तिर्दा एक करोड २२ लाख ५० हजार रुपियाँ बजेट आवश्यक पर्दछ तर गाउँपालिकाले नागरिकको स्वास्थ्य बीमा गर्नका लागि अहिले जम्मा ३० लाख रुपियाँ बजेटको व्यवस्था गरेको जनाएको छ।

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौँ– एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा ल्याइएका चारवटा बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारवटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई […]

बजेटमा कृषिलाई प्राथमिकता व्यवहारमा बेवास्ता

अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माण कार्य सुरु गर्दै कृषिक्षेत्रलाई प्राथमिकतामा राखेको बताएको छ । हरेक आवमा झैं यसपटक पनि कृषिलाई प्राथमिकतामा राखेको अर्थमन्त्रालयले बताउँदै गर्दा कृषि वस्तु आयातको तथ्यांक पनि विचारणीय छ । कृषिप्रधान मुलुकमा वार्षिक रूपमा अर्बौंका तरकारी तथा खाद्यान्न आयात बढ्दै जानुका कारण नखोतली कृषिलाई प्राथमिकतामा राख्नुको कुनै अर्थ नरहेको […]

लोकमार्ग मर्मतमा नगरको चासो

बागलुङ । वर्षायामको भेल पहिराले बिग्रेको मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया खण्डको मर्मत, सुधारमा गलकोट नगरपालिकाले चासो देखाएको छ । पाँच वर्षअघि कालोपत्र भएको उक्त सडक नियमित मर्मत नहुँदा रुग्ण स्थितिमा छ ।      लोकमार्ग आयोजना कार्यालयले सडक सुधारमा बेवास्ता गरेपछि नगरपालिकाले आफ्नै स्रोतमा सडकको सामान्य मर्मत थालेको हो । बीस किमी उक्त खण्डमा कैयौं नयाँ–पुराना पहिरोले सडक जोखिमपूर्ण बनेको छ । नगरप्रमुख भरत शर्मा गैरेले जीर्ण सडकको सुधारमा आयोजना व्यवस्थापनले अनदेखा गरेपछि नगरपालिका आफैले ममर्तको काम थालेको बताए । ‘यो सडकको स्तरोन्नतिका लागि पटकपटक माग र गुनासो राख्यौं, कुनै सुनुवाइ भएन,’ उनले भने । बृहत् सुधार र संरचना बनाउन नगरको स्रोत, साधनले नभ्याउने भएकाले अति जोखिम भएका ठाउँमा मर्मत सुरु गरिएको हो । संघ सरकारअन्तर्गतको आयोजना कार्यालय उदासीन बने पनि स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने लोकमार्गको सामान्य मर्मतका काममा पहल लिनुपर्ने आवाज उठ्ने गरेको थियो । नगरप्रमुख गैरेले खाल्डाखुल्डी पुर्ने, पहिरा पन्छाउने र घुम्ती मिलाउने काममा नगरले बजेट खर्च गर्ने बताए । अघिल्लो वर्षायाममा भएको अधिक वर्षाले त्यस खण्डमा ठूलो क्षति गरेको थियो । वडा नं १ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुंखानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा जोखिम बढी छ । ससाना अवरोध दर्जनौं ठाउँमा छत् । कालोपत्र भएको अर्काे वर्षदेखि नै सडक बिग्रँदै आएको छ । वर्षायाममा सडक अवरुद्ध बन्दा तत्काललाई पहिरा पन्छाएर सडक खोल्ने गरिएपछि दीर्घकालीन रूपमा सडक सुरक्षाको काम हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र संरक्षणमा सम्बन्धित पक्ष गैरजिम्मेवार देखिन्छ ।      वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले हटिया, नरेठाँटी बजार हुँदै मर्मतको काम सुरु गरिएको बताए । ‘घोडाबाँधेसम्म धेरै ठाउँमा मर्मत गर्नुपर्ने अवस्था छ, कतिपय घुम्तीमा ठूला सवारी गुडाउनै जोखिमपूर्ण छ,’ उनले भने, ‘नगरको सीमित बजेटले धेरै काम त गर्न नसकिएला तर यातायात सञ्चालनमा केही सहजता ल्याउनेगरी काम भइरहेको छ ।’ आयोजना कार्यालयले भने सामान्य पटके मर्मत नभएर उक्त खण्डमा पुनः ठेक्का गरेर बृहत् मर्मत, सुधार गर्नुपर्ने बताएको छ । आयोजनाका इन्जिनियर उज्ज्वल शर्माले पूरै सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको बताए । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तिने गरेको उनको भनाइ छ ।

संसदीय विकास कोषमा केही रकम थप्ने आश्वासनपछि हट्यो प्रदेशसभाको अवरोध

सांसद विकास कोषको रकम बढाउने विषयमा सहमतिपछि प्रदेश २ प्रदेशसभा बैठक सुचारु भएको छ ।शुक्रबार संसदीय विकास कोषमा केही रकम थप गर्न प्रदेश सरकार सहमत भएसँगै प्रदेशसभामा विपक्षी दलहरुले गर्दै आएको अवरोध हटेको हो । योसँगै प्रदेशसभामा बजेटमाथिको छलफल सुरु भएको छ ।असार १ गते बजेट प्रस्तुत भइसकेपछि बसेको प्रदेशसभाको दोस्रो बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउन माग गर्दै अवरोध गरेका थिए । सरकारले विपक्षी दलहरुको माग बेवास्ता गर्दा प्रदेशसभा ब

बागमती प्रदेशको बजेटमा किचलो, सत्तारुढ दलभित्रै असन्तुष्टि

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे किचलो सुरु भएको छ । प्रदेश सरकारले कुनै एउटा गुटका मन्त्री, नेता तथा कार्यकर्ता केन्द्रित भएर पर्याप्त छलफलबिना नै बहुमतको दम्भ देखाएर जनउत्तरदायीविहीन बजेट ल्याएको भन्दै विरोध भएको हो ।बजेटका सन्दर्भमा सत्तारुढ नेकपा एमाले नै दुई धारमा विभाजित देखिएको छ । सरकार निकट पक्षले जनहितलाई ख्याल गरेर प्रदेश सरकारले उत्कृष्ट बजेट ल्याएको भन्दै प्रशंसा गरिरहेको छ भने एमालेकै अर्को पक्षले संवेदनशीलताको बेवास्ता गर्दै जनतालाई उपेक्षा गरेर कुनै

रोकियो अन्नपूर्ण रिङरोड योजना

अन्नपूर्ण गाउँपालिकाका माथिल्लो बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहको बेवास्ता र बजेट अभावको कारण देखाउँदै उक्त सडक योजना पूरा नहुँदै बीचमै रोकिएको हो। पर्वतको जलजला गाउँपालिका–५, फलामे डाँडाबाट सुरु भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बस्ती राम्चे, हिस्तान, शिख, नारच्याङ, कोप्चेपानी हुँदै मुस्ताङको घाँसा जोड्ने गरी तत्कालीन जिल्ला विकास समितिले १५ वर्षअघि उक्त सडक योजनाको परिकल्पना गरेको थियो।