रोकियो अन्नपूर्ण रिङरोड योजना

अन्नपूर्ण गाउँपालिकाका माथिल्लो बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहको बेवास्ता र बजेट अभावको कारण देखाउँदै उक्त सडक योजना पूरा नहुँदै बीचमै रोकिएको हो। पर्वतको जलजला गाउँपालिका–५, फलामे डाँडाबाट सुरु भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बस्ती राम्चे, हिस्तान, शिख, नारच्याङ, कोप्चेपानी हुँदै मुस्ताङको घाँसा जोड्ने गरी तत्कालीन जिल्ला विकास समितिले १५ वर्षअघि उक्त सडक योजनाको परिकल्पना गरेको थियो।

सम्बन्धित सामग्री

बजेट नआएपछि विद्यालय भवन निर्माण रोकियो

थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ ।

फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोकियो

काठमाडौं । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं कास्कीका भू–तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा बसेको समितिको सो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन […]

विवादपछि म्याग्दीमा रोकियो मतदान

अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने शिख माध्यामिक विद्यालय मतदान केन्द्रमा विवाद भएपछि पछिल्लो दुई घण्टादेखि मतदान कार्य रोकिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बदर मतबारे विवाद, मतगणना रोकियो

१ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना रोकिएको छ । बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन् । मतगणनामा खटिएका कर्मचारीले बदर मत देखाउने नाममा धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसले पुनः मतगणनाका लागि निर्वाचन अधिकृत समक्ष निवेदन दिएको छ । कांग्रेसको मागको सम्बन्धमा […]

पर्यटनमा पर्वतारोहणको योगदान

नेपालमा हाल पर्यटन र पर्वतारोहणको मुख्य सिजन छ । त्यसैले नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पदयात्री र पर्वतारोहण गर्न जाने पर्वतारोहीहरूको भीड छ । हुन त नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान कुल अंशको लगभग ४ प्रतिशत मात्रै रहेको मानिन्छ । गतवर्ष कोरोना महामारीबीच पनि नेपाल सरकारलाई नेपालको पर्वतारोहण क्षेत्रबाट रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा पर्यटनभित्र पनि राजस्वको मुख्य स्रोत पर्वतारोहण पर्यटनलाई लिन सकिन्छ । अर्थात् नेपालको समग्र पर्यटन क्षेत्रमा पर्वतारोहण पर्यटनको मुख्य योगदान रहेको देखिन्छ । त्यसमा पनि गएको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीबाट मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै यो वर्ष पनि समग्र नेपालको पर्वतारोहणबाट नेपाल सरकारले विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएबापत ४७ करोड बराबर आम्दानी गर्‍यो । सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट मात्रै ३९ करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ । हुन पनि गतवर्ष कोरोना महामारीको संकट बाँकी नै भएको अवस्थामा पनि हिउँद र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका पर्वतारोही दलका सदस्यले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । त्यसो त गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण गतवर्ष धेरै दिनसम्म आरोहण नै रोकियो । समग्रमा विश्वका ती ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठ ओटा (६० प्रतिशत) नेपालमा हुनु हाम्रा लागि गौरवको कुरो हो । १४ अग्ला हिम चुचुराहरू सबै नै एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपालको पश्चिमबाट पूर्व भएर जान्छ । हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा (८ हजार ८ सय ४८ दशमलव ८६ ) हो भने हो । उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन र नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमाल चाहिँ धवलागिरि हो । यसको उचाइ ८ हजार १ सय ६७ मीटर रहेको छ । सन् १९६० को १३ मे मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । समुद्री सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइला राख्न सफल भएको थियो । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थिए । यसरी नेपालका हिमालहरूले पर्यटक आकर्षण गरेका छन् । हिमाल आरोहणका लागि आउने पर्यटकहरूबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिएको छ । यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।   लेखक पर्यटनकर्मी हुन् ।

उच्च हिमालबाट हुने आम्दानी

गएको वसन्तऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । त्यस्तै पर्यटन व्यवसायी र कामदारले पनि पर्वतारोहण पेशाबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गएको वसन्तऋतुमा विभिन्न देशका आरोहीलाई नेपालका विभिन्न हिमालहरू चढ्न दिएबापत पर्वतारोहीले तिरेको रोयल्टी दस्तुर मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ रहेको छ । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्वफैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । कोरोना महामारी विपत्ति बाँकी नै भएको अवस्थामा पनि यस वर्षको (सन् २०२१) को हिउँदो र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका विदेशी पर्वतारोही दलका सदस्यहरूले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । हुन त उक्त सिजनको शुरू ताका (चोमोलुङमा चढ्ने क्रम शुरू हुँदै गर्दा) भारतको गुजरात, मुम्बई लगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेश लगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण धेरै दिनसम्म आरोहण कार्य नै रोकियो । फलतः गएको सिजनमा आधाभन्दा कम पर्वतारोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सके । गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० ओटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मीटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । ८ हजार १६३ मीटर अग्लो मनास्लु हिमाल आरोहण गर्न मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्फ गएका थिए । बाँकी आठओटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मीटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमाल चढ्न गएका थिए । ती हिमाल चढेबापत विदेशी पर्वतारोहीले गएको वर्ष (सन् २०२१ मा) मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८ हजार ८ सय ४८ दशमलव ८६ मीटर) हो भने हो भने, उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए भने, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै पवश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा (धेरै ढिला गरी) अस्ट्रिेलियाली नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमालचाहिँ धवलागिरि हो । यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ भने, सन् १९६० को १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरू हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १०औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । त्यस्तै यो हिमाल नै हो, समुन्द्र सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइल राख्न सफल भएको, हिमाल । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । लेखक पर्वतारोहण व्यवसायमा संलग्न छन् ।

हिमपातले जलविद्युत आयोजनाको काम रोकियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित निलगिरी खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य

मेलम्चीको काम फेरि रोकियो

सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबा लिएका हौ। मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको…

सुन कम हुँदा रोकियो बिहेः जन्तीको भागाभाग, बेहुली बेहोस

लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे । आजको अन्नपूर्ण पोष्ट अगाडि लेख्छ- सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेख सम्जिलासँग विवाह गर्न राती ८ बजे जन्ती आइपुगे । हिन्दु परम्परा…

किन रोकियो देउवाको राजीनामा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले…