लोकमार्ग मर्मतमा नगरको चासो

बागलुङ । वर्षायामको भेल पहिराले बिग्रेको मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया खण्डको मर्मत, सुधारमा गलकोट नगरपालिकाले चासो देखाएको छ । पाँच वर्षअघि कालोपत्र भएको उक्त सडक नियमित मर्मत नहुँदा रुग्ण स्थितिमा छ ।      लोकमार्ग आयोजना कार्यालयले सडक सुधारमा बेवास्ता गरेपछि नगरपालिकाले आफ्नै स्रोतमा सडकको सामान्य मर्मत थालेको हो । बीस किमी उक्त खण्डमा कैयौं नयाँ–पुराना पहिरोले सडक जोखिमपूर्ण बनेको छ । नगरप्रमुख भरत शर्मा गैरेले जीर्ण सडकको सुधारमा आयोजना व्यवस्थापनले अनदेखा गरेपछि नगरपालिका आफैले ममर्तको काम थालेको बताए । ‘यो सडकको स्तरोन्नतिका लागि पटकपटक माग र गुनासो राख्यौं, कुनै सुनुवाइ भएन,’ उनले भने । बृहत् सुधार र संरचना बनाउन नगरको स्रोत, साधनले नभ्याउने भएकाले अति जोखिम भएका ठाउँमा मर्मत सुरु गरिएको हो । संघ सरकारअन्तर्गतको आयोजना कार्यालय उदासीन बने पनि स्थानीय सरकारका रूपमा रहेको नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने लोकमार्गको सामान्य मर्मतका काममा पहल लिनुपर्ने आवाज उठ्ने गरेको थियो । नगरप्रमुख गैरेले खाल्डाखुल्डी पुर्ने, पहिरा पन्छाउने र घुम्ती मिलाउने काममा नगरले बजेट खर्च गर्ने बताए । अघिल्लो वर्षायाममा भएको अधिक वर्षाले त्यस खण्डमा ठूलो क्षति गरेको थियो । वडा नं १ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुंखानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा जोखिम बढी छ । ससाना अवरोध दर्जनौं ठाउँमा छत् । कालोपत्र भएको अर्काे वर्षदेखि नै सडक बिग्रँदै आएको छ । वर्षायाममा सडक अवरुद्ध बन्दा तत्काललाई पहिरा पन्छाएर सडक खोल्ने गरिएपछि दीर्घकालीन रूपमा सडक सुरक्षाको काम हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र संरक्षणमा सम्बन्धित पक्ष गैरजिम्मेवार देखिन्छ ।      वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले हटिया, नरेठाँटी बजार हुँदै मर्मतको काम सुरु गरिएको बताए । ‘घोडाबाँधेसम्म धेरै ठाउँमा मर्मत गर्नुपर्ने अवस्था छ, कतिपय घुम्तीमा ठूला सवारी गुडाउनै जोखिमपूर्ण छ,’ उनले भने, ‘नगरको सीमित बजेटले धेरै काम त गर्न नसकिएला तर यातायात सञ्चालनमा केही सहजता ल्याउनेगरी काम भइरहेको छ ।’ आयोजना कार्यालयले भने सामान्य पटके मर्मत नभएर उक्त खण्डमा पुनः ठेक्का गरेर बृहत् मर्मत, सुधार गर्नुपर्ने बताएको छ । आयोजनाका इन्जिनियर उज्ज्वल शर्माले पूरै सडक पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको बताए । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले सडक भासिने, पहिरा जानेजस्ता समस्या निम्तिने गरेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

१८ माघ, बागलुङ । आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । बिहानदेखि निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिए । बागलुङको […]

अबिरल वर्षाले सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध

लगातारको वर्षाका कारण उदयपुरको सिद्धिचरण लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ। शुक्रबार विहानदेखि अवरुद्ध लोकमार्ग निरन्तर ६ घण्टा लामो मर्मतपछि शनिबार दिउँसोदेखि सुचारु भएको थियो।...

राप्ती लोकमार्ग: बिग्रियो ‘ओटासिल’

राप्ती लोकमार्ग ठाउँठाउँमा जीर्ण छ। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्।

मध्यपहाडी लोकमार्ग विस्तारप्रति तेह्रथुमका स्थानीय आन्दोलित

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा आफूहरूकाे उठिबास हुने भन्दै बजारवासीले आन्दोलन गरेका छन् । पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरुको उठिबास हुने भन्दै वसन्तपुर बजारबासीले आन्दोलन गरेरका हुन् । बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घर घडेरीमा क्षति पुग्ने भन्दै बजारवासीले लोकमार्ग […]

मध्यपहाडी लोकमार्ग विस्तारले घरबारविहीन हुने भन्दै आन्दोलन

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको वसन्तपुर बजारमा मध्यपहाडी लोकमार्ग विस्तार गर्दा घर घडेरी क्षति हुँदा उठीबास हुने भन्दै बजारबासीले विरोध गर्दै आन्दोलन गरेका छन्। पुष्पलाल (मध्यपहाडी लोकमार्ग) विस्तार गर्दा आफूहरूको उठीबास हुने भन्दै बसन्तपुर बजारबासीले आन्दोलन गरेर विरोध जनाएका हुन्। बीच बजारबाट लोकमार्ग निर्माण हुँदा आफूहरुले बसोबास गरिरहेको घरघडेरीमा क्षति पुग्ने भन्दै बजारबासीले लोकमार्ग […]

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ । पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए। यसअघि मङ्गलबार पन

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षासँगै झरेको पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौँ, उदयपुर, इटहरी, धरान, विराटनगर, काँकडभिट्टा लगायतका ठाउँमा जाने सवारीसाधन बाटैमा रोकिएका छन् । सवारीसाधन रोकिँदा यात्रु बीच बाटोमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

एक करोड लागतमा ‘नागराज लोकमार्ग’

जुम्ला-नेपालका बाईसे चौबिसे राज्यमध्ये शक्तिशाली सिंजा राज्यका राजा (नागराज) को सम्झानामा जुम्लाको कनकासुन्दरीमा लोकमार्ग निर्माण हुने भएको छ । कनकासुन्दरी गाउँपालिकामा एक करोड लगानीमा ‘नागराज लोकमार्ग’ निर्माण हुने भएको हो ।सिंजा राज्यका राजा नागराजको स्मृतिमा कनकासुन्दरीको गोठिज्युला गाडतार्ना लुड्कु गाउँहुँदै ऐतिहासिक कनकासुन्दी मन्दिर जोडने ‘नागराज लोकमार्ग’ निर्माण प्रक्रिया अघि बढेको हो ।संघीय सरकारको एक करोड […]

पहिराे खसेपछि मध्यपहाडी लोकमार्ग बन्द

बाग्लुङ - दुई दिनदेखिको वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि बन्द भएको छ ।  सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् । यात्रुले सास्ती बेहोरिरहेका छन् । ठाउँठाउँमा खसेकाे पहिराेले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिराे पन्छाएर बन्द सडक खुलाउने काम भइरहेको छ ।