संसदीय विकास कोषमा केही रकम थप्ने आश्वासनपछि हट्यो प्रदेशसभाको अवरोध

सांसद विकास कोषको रकम बढाउने विषयमा सहमतिपछि प्रदेश २ प्रदेशसभा बैठक सुचारु भएको छ ।शुक्रबार संसदीय विकास कोषमा केही रकम थप गर्न प्रदेश सरकार सहमत भएसँगै प्रदेशसभामा विपक्षी दलहरुले गर्दै आएको अवरोध हटेको हो । योसँगै प्रदेशसभामा बजेटमाथिको छलफल सुरु भएको छ ।असार १ गते बजेट प्रस्तुत भइसकेपछि बसेको प्रदेशसभाको दोस्रो बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउन माग गर्दै अवरोध गरेका थिए । सरकारले विपक्षी दलहरुको माग बेवास्ता गर्दा प्रदेशसभा ब