सेयरबजारमा सट्टेबाज कति हानिकारक हुन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् कोरियाबाट अमेरिका पुगेर त्यहाँ नागरिक मात्रै नभई खर्बपति बनेका विल हावाङ्ग। सात बर्ष लगाएर जम्मा गरेको खरबौं सम्पती दुई दिनमै कसरी स्वाहा हुन सक्छ भन्ने उदाहरण बनेका छन् हावाङ्ग। उनले सात बर्ष लगाएर जम्मा गरेको २० बिलियन डलर अर्थात नेपाली रुपैयाँ झन्डै २४ खर्ब रुपैयाँ सेयरबजारबाट दुई दिनमै गुमाएपछि अहिले बिश्वभरका वित्तीय तथा पुंजीबजारमा कामगर्नेहरुका लागि उनि गतिला उदाहरण बनेका छन्। सहि समयमा सहि निर्णय गर्न नसक्दा तथा राज्यको कानुनलाई बेवास्ता गरि जुवाडे शैलीमा लगानीको निर्णय लिएकै कारण उनले दुई दिनमै झन्डै २४ खर्ब गुमाएको शोधकर्ताको अध्ययनले देखाएको छ।यदि उनले २०२० मार्च पहिल्यै सबै सेयर बिक्रि गरि बजारबाट बाहिरिएको भए आज उनलाई संसारले विश्वकै धनी मान्छेहरुको सुचिमा पाउंथे। तर उनको लोभको भाँडो नभरीएपछि र अझै धेरै कमाई गर्ने सपनाको पछि लाग्दा अहिले उनले झन्डै २४ खर्ब गुमाउन पुगेका छन्। मार्चसम्म उनले लगानी गरेका १० मध्ये ७ कम्पनीले औषतमा ३० प्रतिशत भन्दा बढी प्रतिफल दिएका थिए भने केहि कम्पनीले ७० प्रतिशत भन्दा बढी प्रतिफल दिएका थिए। तर लगानीको रकममा प्रतिफल पनि जोडीएपछिको सम्पतीको व्यवस्थापन गर्नुको साट्टो त्यो सबै पैसा दिन दुई गुणा रात दश गुणा शैलीमा सेयरबजारमा पुन लगानी गर्नु नै उनको लागि अक्षम्य गल्ति हुन पुग्यो। हिजोसम्म औशतमा ३० प्रतिशत भन्दा बढी प्रतिफल दिएका कम्पनीका सेयर मुल्य प्रत्येक दिन १०-१० प्रतिशतका दरले ओरालो लाग्न थालेपछि उनका खराब दिन सुरु भएको देखिन्छ। सेयर मुल्य घट्नु मात्र उनको बर्बादीको कारण भने होइन। उनले आफुले लिएको सेयरलाई स्वाप गर्ने अर्थात एक प्रकारको डेरीएभेटिभ जसले लगानीकर्तालाई सिधै वा प्रत्यक्ष अपनत्व बीना नाफा र नोक्सानीको लागि जोखिम दिने गर्दछ। नाफा भएको पैसालाई व्यवस्थापन गर्नुको साट्टो पुन त्यहि पैसालाई लगानी गर्ने र त्यसलाई बैंकलाई पनि अध्याँरोमा राखेर स्वाप गर्ने उनको बानिले नै उनलाई बर्बाद बनाएको देखिन्छ। उनले लगानी गरेका कम्पनीको सेयर मुल्य घट्न थालेपछि उनलाई स्वाप सुविधा दिएका बैंकहरुले सेयर बिक्रि गरेर पनि स्वाप मिलाउन दबाब दिएकाले उनले चाहेर पनि होल्ड गर्न सकेनन र अन्त्यत: ठुलो नोक्सानी ब्यवहौर्नु पर्यो। यसरी नोक्सानी ब्योहोर्दै जाँदा सन् २०२० मार्च २६ मा उनको कम्पनी 'आर्कगोस क्यापिटल म्यानेजमेन्ट' ले बनाएको १०० बिलियन अर्थात नेपालको बजेट भन्दा पनि बढी रुपैयाँको पोर्टफोलियोको बास्तविकता बाहिर आयो त्यसपश्चात मात्र बिश्वभर विल हावाङ्ग भन्ने मान्छे को हो भन्नेबारे खोजि सुरु भयो। यत्तिका ठुलो रकम उनले ऋण लिएर गरेको र उक्त ऋण तिर्न नसकेको कुरा बाहिर आएपछि विल हावाङ्गको पतनको दिन सुरु भएको हो। विल हावाङ्गको कम्पनीमा लगानी गरेका बैंकहरुले घाटा खाएर पनि सेयर बेचेर आफ्नो भरपाई गर्न भ्याए र यो कम्पनीबाट बाहिर गए। क्रेडिट सुइस ग्रुप एजीले ४.७ बिलियन डलरको नोक्सान ब्योहोर्यो। एकातर्फ आफुले लगानी गरेको कम्पनीको सेयर मुल्य निरन्तर घट्नु र त्यहि घटेको मुल्यमा सेयर बेचेर ऋण चुक्ता गर्नुपर्ने अवस्थाले उनलाई दोहोरो चेपमा पार्यो, जसले गर्दा उनले चाहेर पनि नोक्सानी व्यवस्थापन गर्न सकेनन। एउटा सामान्य परिवारमा जन्म लिएपनि सेयरबजारमै लगानी गर्ने कम्पनीमा झन्डै १२ बर्ष काम गरेपछि सन् २०१३ मा आफ्नै एकल लगानीमा इन्भेष्टमेन्ट कम्पनी चलाउन थाले। तर हिजो आफुले काम गरेको कम्पनीको शैलीमा जुवाडे शैलीमा सेयरबजारमा केहि सुचिकृत कम्पनीमा लगानी गर्ने उनको बानि नै पतनको प्रमुख कारण बन्न पुग्यो। विल हावाङ्गको यो घटना अहिले बिश्वभरका बैंक तथा वित्तीय क्षेत्र तथा आर्थिक क्षेत्रमा काम गर्नेहरुको लागि एउटा ठुलो जीवित उदाहरण बन्न पुगेको छ। विल हावाङ्ग कोरियामा जन्मिएका तर अमेरिमामा हुर्किएर त्यहींका नागरिक बनेका व्यक्ति हुन्। उनले अमेरिकाबाट नै एमबिएको अध्ययन सकेर वित्तीय क्षेत्रमा काम थालेका हुन्। वित्तीय क्षेत्रमा सन् २०१३ मा आफ्नै कम्पनीबाट लगानी सुरु गर्नु अगाडी उनले यस्तै प्रकृतिको र सेयरबजारमा लागनी गर्ने कम्पनी टाईगर म्यानेजमेन्टमा झन्डै १२ बर्ष काम गरे। त्यहाँ सिकेको इनसाइड ट्रेडिङ र सट्टेबाज लाई आफ्नो नयाँ कम्पनीमा पनि निरन्तरता दिनू उनको ठुलो भूल हुन पुग्यो। भारतका चर्चित सेयर खेलाडी हर्षत मेहताकै शैलीमा विल हावाङ्गको पतन भएको छ। सेयरबजार तथा वित्तीय क्षेत्रमा छोटो समयमै खर्बपति हुन चाहनेको लागि यो एउटा गतिलो पाठ बन्न पुगेको छ। विल हावाङ्ग जस्तै ठुला लगानीकर्ताले आफ्नो लगानीको केहि हिस्सा रियल स्टेट, होटल, बिजनेश कम्प्लेस, क्लब, स्पोर्ट्स टिम मा लगानी गर्छन तर विल हावाङ्गले भने लगानीबाट आएको प्रतिफललाई समेत स्वाप गरेर फेरी सेयरबजारमै लगानी गरे। जसले गर्दा आज विश्वकै धनिहरुको सुचिमा पर्नबाट उनि बन्चित भएका छन्।