संक्रमित बढ्दा स्वास्थ्य संस्थाका सेवा प्रभावित

कोरोनाको तेस्रो लहरको क्रममा संक्रमित बढ्दै जाँदा जिल्ला–जिल्लाका स्वास्थ्य संस्थाहरूका सेवा पनि प्रभावित भइरहेका छन् । नयाँ पत्रिकाकर्मीहरूले विभिन्न जिल्लाबाट पठाएको रिपोर्टमा आकस्मिकबाहेकका सेवा प्रभावित भएको उल्लेख छ ।  झापाको दमक सरकारी अस्पतालका...

सम्बन्धित सामग्री

बागलुङ नगरपालिकाको सबै सेवा बन्द

बागलुङ, माघ १४ । कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि बागलुङ नगरपालिकाले सबै सेवा शुक्रबारबाट बन्द गरेको छ । नगरपालिकाको प्रशासन तर्फका १४ र स्वास्थ्य शाखाका ७ जना गरि २१ जना कर्मचारी संक्रमित भएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएकाले नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा प्रभावित भएको नगर प्रमुख […]

४९ स्वास्थ्यकर्मी संक्रमित भएपछि कञ्चनपुरमा स्वास्थ्य सेवा प्रभावित

कञ्चनपुरमा ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको अनुसार गत पुषदेखि ११ माघसम्म ४९ स्वाथ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो। जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली अस्पतालसहितका स्वास्थ्य संस्थामा कार्यरत...

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

काठमाडौं । डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई ‘डबल ड्युटी’मा खटाएर सेवा दिइरहेका छन् । स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सयभन्दा बढी संक्रमित भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ननकोभिड […]

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले...

कोरोना बढेसँगै जिओपिडि र नियमित शल्यक्रिया सेवा बन्द

चितवन– यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । कोरोना बढ्न थालेसँगै भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका […]

कर्मचारी–स्वास्थ्यकर्मी नै संक्रमित हुँदा सेवा प्रभावित

डोटी । डोटीको बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा स्वास्थ्य सेवा तथा पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका हुन् । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अहिले अत्यावश्यक बाहेकका अन्य […]

कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ जनामा कोरोना

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार  अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र  कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् । उनले चिकित्सकसहितका कर्मचारी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको बताए ।‘फ्रन्टलाइन चिकित्सक र नर्सको ठुलो जनशक्ति

स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित

रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मंगलबार बिहान कोरोनाविरुद्ध बुस्टर डोज लगाइने जानकारी गराइएको थियो । सार्वजनिक सूचनाअनुसार पहिलो पंक्तिमा कार्यरत व्यक्ति खोप लगाउन पुगेका थिए । बिहान १० बजेसम्म खोप केन्द्र सुनसान थियो । स्वास्थ्य कार्यालयबाट खोप आएपछि सर्वसाधारणले कति बेला खोप लगाउने हो भनेर सोधखोज गर्न थाले ।

स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै

पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक

स्वास्थ्यकर्मीमा संक्रमणले उपचार प्रभावित

कोरोना संक्रमित पहिचान र उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा परेपछि सेवा प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा धमाधम संक्रमण भएपछि त्यसको असर कोरोना संक्रमितको पहिचान, उपचारलगायतमा परेको हो ।