रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा मंगलबार बिहान कोरोनाविरुद्ध बुस्टर डोज लगाइने जानकारी गराइएको थियो । सार्वजनिक सूचनाअनुसार पहिलो पंक्तिमा कार्यरत व्यक्ति खोप लगाउन पुगेका थिए । बिहान १० बजेसम्म खोप केन्द्र सुनसान थियो । स्वास्थ्य कार्यालयबाट खोप आएपछि सर्वसाधारणले कति बेला खोप लगाउने हो भनेर सोधखोज गर्न थाले ।