असिनापानीले जुम्लाका स्याउ खेतीमा क्षति

जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ । सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए ।उनले भने, “स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए । असिनाले सखाप बनायो ।” उनको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए । यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए ।एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ

सम्बन्धित सामग्री

रारा वरिपरि स्याउ खेती

पर्यटकीय गन्तव्य रारा निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका स्थानीयले स्याउ खेतीमा जोड दिएका छन् । छायाँनाथ रारा नगरपालिका–३ तलितुम, माथितुम, सायाँखोला र हेर्नीकाँध गाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका स्थानीयले बाँझो तथा भोक चलन गर्दै आएको जग्गामा धमाधम  स्याउ खेती थालिएको छ।

स्याउ बजारमा पठाउन समस्या

नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ । स्याउमा नेपाल आत्मनिर्भर हुन नसके पनि हिमाली जिल्ला मनाङमा यसको व्यावसायिक खेती हुँदै आएको छ । पछिल्लो समय केही युवा स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । मनाङका पूर्वसांसद पाल्तेन गुरुङका छोरा युवराज गुरुङ पनि यस खेतीतर्फ लाग्नुभएको छ ।

काली मार्सी फल्ने जुम्लाका फाँटमा स्याउ खेती

२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्‍मी  नेपालीले बताइन् । २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) […]

१३ करोड लगानीमा फुजी स्याउ खेती

४० हजार बिरुवा रोपिँदैजुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको […]

सिन्धुपाल्चोकका किसान व्यावसायिक स्याउ खेतीमा

२०७२ सालको भूकम्पदेखि बन्द रहेको नेपाल–चीनबीचको तातोपानी नाका नखुलेपछि आसपासका बासिन्दाले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि त्यसको समाधानका लागि स्थानीयले स्याउ खेती सुरु गरेका हुन् ।

नाका बन्द भएपछि स्याउ खेतीमा - Karobar National Economic Daily

सिन्धुपाल्चोक: नेपाल–चीनबीचको स्थलमार्ग तातोपानी नाका आसपासका गाउँमा स्याउ खेती अभियान सुरु गरिएको छ । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि स्याउ खेती अभियान सुरु गरिएको हो ।…