२०७२ सालको भूकम्पदेखि बन्द रहेको नेपाल–चीनबीचको तातोपानी नाका नखुलेपछि आसपासका बासिन्दाले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि त्यसको समाधानका लागि स्थानीयले स्याउ खेती सुरु गरेका हुन् ।