नाका बन्द भएपछि स्याउ खेतीमा - Karobar National Economic Daily
सिन्धुपाल्चोक: नेपाल–चीनबीचको स्थलमार्ग तातोपानी नाका आसपासका गाउँमा स्याउ खेती अभियान सुरु गरिएको छ । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि स्याउ खेती अभियान सुरु गरिएको हो ।…
२०७२ सालको भूकम्पदेखि बन्द रहेको नेपाल–चीनबीचको तातोपानी नाका नखुलेपछि आसपासका बासिन्दाले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न व्यावसायिक स्याउ खेती गर्न थालेका छन् । बाढी, पहिरो र नाकाबन्दीका कारण स्थानीयमा आर्थिक समस्या बढेपछि त्यसको समाधानका लागि स्थानीयले स्याउ खेती सुरु गरेका हुन् ।