स्याउ बजारमा पठाउन समस्या

नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ । स्याउमा नेपाल आत्मनिर्भर हुन नसके पनि हिमाली जिल्ला मनाङमा यसको व्यावसायिक खेती हुँदै आएको छ । पछिल्लो समय केही युवा स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । मनाङका पूर्वसांसद पाल्तेन गुरुङका छोरा युवराज गुरुङ पनि यस खेतीतर्फ लाग्नुभएको छ ।

सम्बन्धित सामग्री

जुम्लाको स्याउ बाहिरी जिल्ला पठाउन सिफारिस अनिवार्य

जुम्लाको स्याउ जिल्ला बाहिर पठाउन सम्बन्धित निकायको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ।

जुम्लाको काँचो स्याउ बजारमा

जुम्लाको काँचो स्याउ बजारमा पुगेको पाइएको छ । साउनको पहिलो सातामै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगन्ज, बुटवललगायतका बजारमा पुगेको छ । जुम्लाको स्याउलाई भदौ दोस्रो साताभन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन नमिल्ने पटकपटक निर्णय भएको थियो […]

बजार खोज्दै हुम्लाको स्याउ

नाम्खा गाउँपालिका–१ का सोनाम लामाको बारीमा २ वर्षपछि स्याउ फलेको छ । ‘जहिले पनि फूल फुल्ने बेला असिना र हिउँ पर्ने,’ उनले भने, ‘यो वर्ष पनि फल्दैन भनेर गोडमेल नै गरेन, तर स्याउ भने लटरम्मै फल्यो ।’ उनको बारीमा झन्डै ५ सय बोटमा स्याउ फलेको छ । तर उनी स्याउ कसरी बजार पुर्‍याउने भन्ने चिन्तामा पनि छन् । ‘सडक छैन, जहाजबाट सबै स्याउ बाहिर पठाउन सकिँदैन,’ उनले भने, ‘पहिले तिब्बती बजारमा लगेर स्याउ बेच्थ्यो, कोरोना महामारीका कारण चीनले नाका खोलेको छैन, स्याउ बेच्नै मुस्किल हुने भयो ।’

काँचो स्याउ बजार पठाउन रोक

जुम्लाको कृषि विकास कार्यालयले काँचो स्याउ बजारमा नपठाउन स्थानीय व्यापारीलाई आग्रह गरेको छ । राम्रोसँग नपाकेको स्याउ बजारमा आउन थालेपछि जिल्ला कृषि विकास कार्यालयले त्यस्तो आग्रह गरेको हो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार साउनको पहिलो साता जुम्लाका आठवटै स्थानीय तहका कृषि शाखाका प्रमुख, ठूला किसान र व्यापारीबीच स्याउको बजारीकरण र निर्यातका बारे सरोकारवालाबीच छलफल भएको थियो । छलफलले स्याउ नपाकेसम्म (खानयोग्य) नटिप्ने निर्णयसमेत भएको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङको स्याउ बजारमा

बागलुङ । दशैंको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ । धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनी बजारमा स्याउँ पु¥याउँछन् । लामाले यस वर्ष पनि बगान ठेक्कामा लिएका छन् । ‘५० लाखमा खरीद गरेको बगानका स्याउ दशैंअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ,’ उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिएका हुन् । आफूले दिनमा दुई ट्रकसम्म स्याउ बजार पुर्‍याउने गरेको उनले बताए । बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायत शहरमा पठाउन भ्याइनभ्याइ छ । बगैंचामा संकलन गरेर बजार पठाउने स्याउ मुस्ताङमै मूल्य प्रतिकिलो ८० देखि १२५ रुपैयाँसम्म पर्छ । दशैं, तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँसम्ममा विक्री गर्छन् ।           २०२२ सालमा कृषि मन्त्रालय अन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले शुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस

मुस्ताङको स्याउ आयो बजारमा

असोज १६, मुस्ताङ । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।  दशैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि विक्रीका लागि बजारमा देखिन थालेको हो । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा विक्री अत्यधिक बढेको छ ।  धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्‍याउन भ्याइनभ्याई छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्कामा लिएर उनले स्याउ बारमा पुर्‍याउँछन् । लामाले यसवर्ष पनि बगान ठेक्कामा लिएका छन् ।  ‘रू. ५० लाखमा खरीद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पुर्‍याउने लक्ष्य छ’, उनले भने । उनले टुकुचेमा स्थानीयवासीको बगान ठेक्कामा लिनुभएको हो । ‘दसैँपछि बजारमा माग घट्छ, कोशेलीकै कारण दसैँका बेला बजारमा स्याउ राम्रोसँग विक्री हुन्छ’, लामाले भने, ‘‘दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।’ बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । लामाजस्तै अन्य व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ । बगैंचामा संकलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रू. ८० देखि रू. १२५ सम्म पर्छ ।  दसैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । ‘यहाँ मुस्ताङको स्याउ पाइन्छ’ अधिकांश फलफुलका पसलमा यही  लेखेर टाँस्ने गरेको स्याउ व्यवसायी पल डिसी बताउँछन् । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रू. २०० देखि रू. २५० सम्ममा बिक्री गर्छन् ।   विसं २०२२ मा कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्यांक छ । सरकारले सुरुआतमा किसानलाई स्याउका बेर्ना बाँडेको थियो । वर्षभरि खान चाना बनाएर सुकाउने चलन छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । ‘एप्पल जोन’ कार्यक्रमका प्रमुख सुधीरा थापाका अनुसार मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । ५०० हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस

जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला : जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंच

जुम्लाको स्याउ बजारमा पठाउन सुरु

जुम्ला : जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ। भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो।स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो।स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो। कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंच

लकडाउनको डरले सस्तोमै काँचो स्याउ बिक्री

जुम्लाका किसानले बगैंचाको स्याउ नपाक्दै बजार पठाउन थालेका छन् । कोरोना संक्रमण बढेर फेरि ‘लकडाउन’ भए स्याउ बिक्री नहुने भन्दै किसानले धमाधम काँचो स्याउ बजार पठाइरहेका हुन् ।

जुम्लाको स्याउ बाहिरी बजारमा

नेत्र शाही जुम्ला, भदौ १० गते । यस वर्ष जुम्लामा उत्पादन भएको स्याउ जिल्लाबाहिर पठाउन सुरु भएको छ । स्थानीय किसानहरू बोटबाट स्याउ टिप्ने...