पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन्।अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो। सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगे