भारतीय राज्य छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु भएको छ।छत्तीसगढको कोरबा जिल्लामा रहेको एशियाकै सबैभन्दा ठूलो कोइलाखानी कोल इन्डियाको माटोमा पुरिएर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २ जना सिकिस्त घाइते भएका छन्। अवैध रूपमा कोइला उत्खनन गर्न बाम्हनी कोना गाउँका २ जना नाबालिगसहित ५ जनाको समूह पुगेको थियो। कोइला निकाल्ने क्रममा विस्फोट हुँदा माटोको ढिस्कोमा पाँचैजना पुरिएकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ३ जनाको प्रहरीको सहयोगमा उद्धार गरिए