११ महिनामा २१ बिमा कम्पनी मर्जर प्रक्रिया गएका छन् । नियामक निकाय बिमा प्राधिकरण (साविकको बिमा समिति) ले गत चैतमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्देशन दिएपछि सुरु भएको मर्जर प्रक्रियामा यही फागुन १९ सम्म १२ निर्जीवन र ९ वटा जीवन बिमा कम्पनी सहभागी भएका हुन् । चार निर्जीवन र दुई जीवन बिमा कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार थालिसकेका छन् ।