द्वन्द्वकालीन मुद्दालाई एक-एक गरेर बल्झाउनुभन्दा शान्ति सम्झौताको भावनाअनुसार हल गर्नुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन् । सभामुख निर्वाचित भएका अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुभकामना दिँदै भट्टराईले भने, 'शान्ति सम्झौताको भावना जुन थियो त्यसअनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिका व्यक्तिको छानबिन आयोगमार्फत द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्छ ।'