भोलि अमेरिकाले मन्त्रीस्तरीय इन्डो-प्यासिफिक फ्रेमवर्क आयोजना गर्दै

अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका देशहरुसँग भर्चुअल रुपमा आर्थिक सम्मेलन गर्ने भएको छ। मंगलवार हुने सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका १४ देशले सहभागिता जनाउने छन्। 'इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क' नाममा अमेरिकाले एसियामा आफ्नो सक्रियता खोजेको हो। मन्त्रीस्तरीय बैठकलाई अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइ, वाणिज्य मन्त्री निना राइमोन्डोले आयोजना गर्न लागेको रोयटर्सले जनाएको छ।  राष्ट्रपति…

सम्बन्धित सामग्री

प्रधान सेनापति शर्मा भारत प्रस्थान - NepaliPatra

काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्। बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत […]

काठमाडौं आइपुगे अमेरिकी सेनाका कमान्डर

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चारदिने नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन्।बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा उनी भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। उनी आज होटल हायातमा बस्ने र शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।त्यसपछि उनी काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्

एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात : डा. रावल

काठमाडौँ– नेकपा (एमाले) का नेता डा. भीम रावलले एमसीसीमा रहेका देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन्। नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहित विपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने दाबी गरे। अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत […]

देश हितविपरीतका प्रावधान नसच्याई एमसीसी अनुमोदन गरिए राष्ट्रघात : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीमा रहेको देश हितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल-चीन जनमैत्री प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देश हितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् । अमेरिकाका मन्त्रीले नै एमसीसी...

चिनियाँ चासोबीच बाइडेनले आयोजना गरे इन्डो प्यासिफिक नेताको बैठक

वाशिङ्टन- भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउँने’ भन्ने विषय राम्ररी जानकारी भएको बताएका छन्। कार्यक्रममा बाइडेनसँगै साझेदार देशका नेताहरू अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योसिहियो सुगाले […]

‘चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी पास गर्ने षडयन्त्र’

सरोकारवालाहरूले सैन्य रणनीतिअनुसार एमसीसी सम्झौता अगाडि बढाएको भन्दै त्यसको खारेजीको विकल्प नभएको बताएका छन् । उनीहरुले अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपालीभूमि प्रयोग गरेर चीन घेर्ने रणनीतिमा रहेको बताएका थिए ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभावले मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताए

अमेरिकाले पनि भारतले जस्तै नेपाल कब्जा गर्न लाग्यो : सिपी गजुरेल

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेता सिपी गजुरेलले इन्डो प्यासिफिक रणनीति अनुसार अमेरिकाले नेपालमा सेना उतार्न खोजेको दाबी गरेका छन्। मोर्चाले आयोजना गरेको 'एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न' सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा आइतवार काठमाडौंमा बोल्द...

इन्डो प्यासिफिक रणनीतिमा सहभागी भए नेपाल रणमैदान हुन सक्ने

इन्डो प्यासिफिक रणनीनिले नेपाललाई रणमैदान बनाउन सक्ने विज्ञ तथा सरोकारवाला व्यक्तिहरुले धारणा राखेका छन् । नेपाल विश्व मामिला प्रतिस्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले आर्थिक, राजनीति र सैन्य विषयमा इन्डो प्यासिफिक रणनीतिमा समेटिएकोले नेपाल यसमा संलग्न भए ठूलो मूल्य चुकाउनु पर्ने बताए ।