४३ चिनियाँ लडाकू विमान ताइवान प्रवेश, नजिक आए चिनियाँ नौसेनाका ७ जहाज

पछिल्लो २४ घण्टामा चीनका ४३ लडाकू विमानले ताइवानी समुद्री क्षेत्रको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । यद्यपि, मन्त्रालयले अहिलेसम्म ७१ चिनियाँ विमान आफ्नो सामुद्रिक क्षेत्रमा देखिएको बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानहरूले ताइवानको खाडीलाई दुई भागमा विभाजन गर्ने काल्पनिक रेखा मिडियन लाइनलाई पार गरेको छ ।यस घटनामा चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जनाएको छ ।चीनले पनि ताइवान र अमेरिकाको उत्तेजक

सम्बन्धित सामग्री

चीनका लडाकू विमान फेरि पुगे ताइवान

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।  अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।  ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर...

ताइवान सीमामा फेरि लडाकू विमानहरू पठायो चीनले

चिनियाँ सेनाले ताइवानको सीमानजिक पछिल्लो २४ घन्टामा २० वटा लडाकू विमान पठाएको छ ।  ताइवानको रक्षा मन्त्रालयले जनाएअनुसार, चीनका लडाकू विमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन नजिक पुगे । शनिवार साँझ चीनले जे–१६ र छङ्तु जे–१० विमान पठायो । चिनियाँ वायुसेनाका विमानहरू हवाई रक्षा सीमा नजिक दक्षिणपश्चिम इलाकामा पसेका थिए । यो ताइवानको प्रतास टापुको पूर्वोत्तरमा पर्छ ।  ताइवानले चिनियाँ विमानलाई इन्टरसेप्ट गर्न फाइटर जेट पठायो र रेडियोमा चेतावनी दियो । त्यसपछि ताइवानले एन्टी एयर...

ताइवान जलक्षेत्रमा अमेरिकी युद्धपोत आएपछि चीनले बढायो हवाई गश्ती

चिनियाँ जनमुक्ति सेनाले शनिवार ताइवान नजिक ३९ वटा विभिन्न किसिमका युद्धविमानहरू उडाएको छ ।  शुक्रवार मात्र उसले त्यहाँ ३८ वटा युद्धविमान उडाएको थियो ।  जे–१६ लडाकू विमान, सु–३० लडाकू विमान र वाई–८ पनडुब्बीप्रतिरोधी विमान ताइवाजको दक्षिणपश्चिम हवाईक्षेत्रमा प्रवेश गरेको ताइवानका रक्षा अधिकारीहरूले प्रेस वक्तव्य जारी गरेर जानकारी दिए ।  ताइवान टापु र दक्षिण चीन सागरमा रहेको दोङशा टापुसमूहबीचको क्षेत्रमा चिनियाँ सेनाका विमानहरू उडाइएका हुन् । ताइवानमा सशस्त्र बलहरूलाई निवारण...