ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनको बढ्दो आक्रामकतामाथि आफ्नो लोकतन्त्रको बचाउ गर्दै चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिएको खण्डमा यसको विनाशकारी परिणाम हुने चेतावनी दिएकी छिन् । साई इंग–वेनले फरेन अफेयर्समा एउटा लेख लेखेकी छिन् । यसैमा उनले यसबारे कुरा गरेकी हुन् । हालै चीनका ३८ लडाकू विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । मंगलबार ताइवानका प्रधानमन्त्री सु सेंग–चांगले चीनको यो आक्रामकता क्षेत्रीय शान्तिका लागि खतरा भएको र ताइवान सतर्क रहन आवश्यक भएको बताएका छन्