काठमाडौं : सत्तारुढ गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घ प्रतीक्षित न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एक समारोहका बीच गठबन्धनले न्यूनतम साझा कार्यक्रम ल्याएको हो।सरकार बनिएदेखि नै यसको प्रतिक्षा गरिएको थियो । नेता देउवा प्रधानमन्त्री भएको करिब महिना दिन हुन लाग्दा पनि न्यूनतम साझा कार्यक्रम नभएको कारण देखाएर मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय स