सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त उप्रेतीलाई अदालतद्वारा सजाय निर्धारण

मोरङ – बेपत्ता अवस्थामा रहेको करिब ३८ क्विन्टल सुन र मोरङ उर्लाबारीका सनम शाक्य हत्याप्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेतीलाई जिल्ला अदालत मोरङले सजाय निर्धारण गरेको छ। विराटनगरस्थित अदालतमा न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना र मृतक शाक्य परिवारलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति […]

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]

सनम शाक्य हत्या प्रकरण : गोरेका भाइ रमेशलाई लगियो अदालत

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएका रमेश उप्रेतीलाई  जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ।इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौं ल्याइएका रमेशलाई प्रहरिले आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो।अदालत उपस्थित गराइएका रमेशको बिहीबार अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ।रमेश सुन तस्करी तथा शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त झापाका चुडामणि उप्रेती (गोरे)का भाइ हुन्।सुन

३३ किलो सुन प्रकरणः ३ लाख धरौटी बुझाएर रिहा भए अग्रवाल

मोरङ – ३३ किलो सुन बेपत्ता तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त मोहनकुमार अग्रवाल धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले अग्रवाललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न सोमबार आदेश दिएको हो। अदालतका स्रेस्तेदार दीकेन्द्रवीर जंग राणाका अनुसार धरान घर भएका एमके मामा भनिएका ५७ वर्षीय अग्रवाल कानुन व्यवसायीमार्फत अदालतमा उपस्थित भएकै […]

सनम हत्या एवं सुन काण्डः लगानीकर्ता अग्रवाललाई धरौटीमा छाड्न आदेश

मोरङको उर्लाबारी नगरपालिकाका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाका अभियुक्त कालु, काले तथा किसन भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।...

३३ किलो सुन प्रकरणः अग्रवाल धरौटीमा रिहा

मोरङ– ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका कृष्ण गोपाल अग्रवाल धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाका अनुसार सुन तस्करी मुद्दाका अभियुक्त किसन भनिने अग्रवाललाई मंगलबार २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको हो। धरौटी रकम बुझाएर अग्रवाल मंगलबार नै छुटेको राणाले बताए। अदालतका न्यायाधीश भरत लम्सालको […]

गोरेलाई थप कैद, जरीवाना र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने अदालतको फैसला

बहुचर्चित सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत मोरङले थप सजाय सुनाएको छ।

अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैद सजायको फैसला

विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ । असोज १९ गते सुन तस्करी आरोपमा क्लिन चिट दिएको अदालतले शाक्यको हत्यामा गोरेसहित ८ जनालाई दोषी ठहर गरेको थियो । अपहरण तथा शरीर […]

३८ क्वीन्टल सुन प्रकरण : बहस सकियो, भाेलिसम्म फैसला आउने

विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्याको बहस आज (आइतबार) सकिएको छ।मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतबार दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरूले बहस गरेका छन्।गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे। अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्य