काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ। लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो।जिल्ला अदालत काठमाडौंले पटक-पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको छ।गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवस