महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल डिनको कार्यालय अगाडि एमबीबीएस र बीडीएस दोस्रो वर्षको ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने भन्दै १३ दिनदेखि रिले अनसनमा बसेका छन् । तत्काल परीक्षा व्यवस्था गरिदिनुपर्ने, यदि परीक्षा नलिएको खण्डमा दुई वर्षमात्र पढाएर पाँच वर्षसम्मको ५५ देखि ६० लाख रुपैयाँसम्म असुलेको अतिरिक्त शुल्क रकम तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । अनसनमा बसेका विद्यार्थी राजीव दासले २०० जनाभन्दा बढी विद्यार्थी ब्यारियरमा परेका भन्दै त्रिविलाई तिरेको करिब अ