तौल बढ्ने समस्याले चिन्तित व्यक्तिहरुले विभिन्न उपायहरु अपनाएर तौल कम गर्ने कोसिस गरिरहेका हुन्छन् । खानापानमा नियन्त्रण गर्ने, व्यायाम गर्ने, जीवनशैलीमा परिवर्तन गर्ने जस्ता अनेकन् उपायहरुका बारेमा त धेरैलाई थाहा नै छ । तर, तौल कम गर्ने अर्को अनौठो उपायका बारेमा पछिल्लो समय निकै चर्चा हुने गरेको छ । त्यो हो इएफटी अर्थात इमोशनल फ्रिडम टेक्निक । यस उपायमा शरीरको कुनै एक भागमा थिच्दा तौल कम हुने बताइन्छ । मिडिया रिपोर्टका अनुसार यस विधिद्वारा ५ महिनामा करिब ३० पाउण्ड तौल अर्थात १३ किलो तौल कम भएको