महिला र पुरुष दुवैलाई तौल बढेर समस्या आइरहेको हुन्छ । पेट उक्सिँदा सौन्दर्यमा पनि नकारात्मक असर पर्छ र गतिला कपडा लगाउन पनि पाइँदैन ।
यहाँ हामी पेट घटाउने पाँचवटा उपायको चर्चा गर्दैछौं । यिनमा कुनै साइड इफेक्ट छैनन् ।
दिनको तीनपटक भोजन
एकैपटकमा थुप्रो खानुभन्दा अलिअलि गर्दै थोरै थोरै खाइरहेको राम्रो हुन्छ । यसले मेटाबोलिजमलाई सही राख्छ र तौल घटाउन सहयोग गर्छ । अलि अलि खाँदा ऊर्जा पनि कायम रहन्छ र बोसो पनि डढ्छ ।
बाहिरको खाना बन्द
तौल घटाउनुछ भने घरबाहिरको पत्रु खाना खान छोड्नुस् । जंक फूडले तौल...