प्रधानन्यायाधीश रहुञ्जेल हामी बहस गर्दैनौं : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बारले वकालत रोक्ने बताएका छन्। बारका पूर्व अध्यक्ष थापाले बारको सल्लाहकार समिति बैठकमा सुझाव दिएपछि सुझावबारे जानकारी दिँदै यस्तो बताएका...

सम्बन्धित सामग्री

वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस : चोलेन्द्रलाई ‘क्लिन चिट’ दिनु नै राजद्रोह हो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘क्लिन चिट’ दिनु राजद्रोह हुने दाबी गरेका छन् । संघीय संसदका महासचिव महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो दाबी गरेका हुन् । थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव […]

आईजीपी नियुक्ति विरुद्धको रिटमा पोखरेलका वकिलको जवाफी बहस सुरु

आईजीपी नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ । निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलले जवाफी बहस सुरु गरेका हुन् ।  सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ । वैशाख

प्रतिनिधिसभा विघटन : जवाफी बहस शुरु

काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बहस सकिएपछि आइतबार रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो।दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन्। रासस

राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त

काठमाडौं। वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन्। आजको संवैधानिक इजलासमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले भने, “प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न मिल्दैन। उहाँको कदम गलत हो भने विपक्षी किन नबनाएको हो?” संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन्।

प्रधानमन्त्री ओलीलाई उपधारा ५ मा जाने बाटो बन्द : वरिष्ठ अधिवक्ता ज्ञवाली

संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको हुनाले उपधारा (५) मा जाने बाटो बन्द भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस गर्दै ज्ञवालीले धारा ७६ (३) बमोजिमको पिएमले विश्वासको मत लिन नसकेमा उपधारा ५ जान जान ‘भोटे ताल्चा’ लाग्ने बताए ।डा. ज्ञवालीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, ‘उपधारा ४ अनुसार प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा नियु

प्रतिनिधसभा विघटन मुद्दा : रिट निवेदक तर्फको बहस आज सकिँदै

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ। कानुन व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका क

संवैधानिक इजलासमा बहस जारी

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढेपछि संवैधानिक इजलासले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेको छ । बुधबार बहसको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी सुनुवाइका लागि समय निर्धारण हुने जानकारी पक्षहरूलाई गराए । साथै उनले बहस प्रारम्भ गर्न लागेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटमा बहस सक्न आग्रह गरे । मङ्गलबार अन्त्यतिर बहस सुरु गर्नुभएका ज्ञवालीले इजलाससँग एक घण्टाको समय माग गरे । मागअनुसार नै उनले बहस गरे । इजलास प्रारम्भ गर्दै जबराले निवेदक पक्षको बहस, ...

बहसको समय छोट्याइयो, न्यायाधीशले भने : बहस गर्दा गर्दै भोट हाल्ने दिन नपुगोस्

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइमा अब भने बहसको समय निर्धारण गरिएको छ। आजबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाले बहसको समय निर्धारण गर्न भनेका हुन्। एउटै वरिष्ठ अधिवक्ताले लामो समयसम्म बहस गर्ने गरेकाले समय धेरै लाग्ने भएपछि समय सिमा निर्धारण गरिएको हो। प्रधानन्यायाधीश राणाले आज वरिष्ठ अधिवक्ता चन्द्रकान्त…