संवैधानिक इजलासमा बहस जारी

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढेपछि संवैधानिक इजलासले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेको छ । बुधबार बहसको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी सुनुवाइका लागि समय निर्धारण हुने जानकारी पक्षहरूलाई गराए । साथै उनले बहस प्रारम्भ गर्न लागेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटमा बहस सक्न आग्रह गरे । मङ्गलबार अन्त्यतिर बहस सुरु गर्नुभएका ज्ञवालीले इजलाससँग एक घण्टाको समय माग गरे । मागअनुसार नै उनले बहस गरे । इजलास प्रारम्भ गर्दै जबराले निवेदक पक्षको बहस, ...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ आज स्थगित भएको छ। नेपाल बार एशोसियसनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण सुनुवाइ स्थगित भएको हो।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मिसिलमा एमकिस क्यूरीको नाम नदेखिएकाले आजको सुनुवाइ स्थगित भएको जानकारी दिए। न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो।उक्त मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज स

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा वाध्यकारी रुपमा रहनुपर्ला ?

काठमाडौं, ८ असोज । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने विवाद टुंगो लगाउन सुनुवाई बढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुकार शर्माको इजलासमा सुनुवाई बढेको हो । प्रधानन्यायधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने बहस अदालतमा पुगेको हो । अधिवक्ता दिपकविक्रम मिश्र र डा. गणेश रेग्मीले छुट्टाछुट्टै रिट दायर भएकोमा इजलासमा पेसी […]

संवैधानिक इजलास शुरु

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्

संवैधानिक इजलास निवेदकतर्फका कानून व्यवसायीको बहस सुरु

काठमाडौं।संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको विषयमा शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको रिटमाथि सुनुवाइ सुरू भएको छ। आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुनेछ।आज रिट निवेदक तर्फका कानुन व्यवसायीले बहस सुरु गर्दैछन्।रिट निवेदक पक्षलाई सुरुमा १२ घण्टा र जवाफी बहसका लागि ३ घण्टा गरी कुल १५ घण्टा समय उपलब्ध गराइनेछ।

संवैधानिक इजलास आज बस्दै

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवार पनि जारी रहने भएको छ । यसअघि आइतबारको इजलास मंगलवार बस्नेगरी हेर्दाहेदैमा सकिएको थियो ।  आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयमा प्रश्न उठेपछि  उनीहरुलाई इजलासमा राख्ने नराख्ने विषयमा बहस भएको थियो ।  अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो । रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जन...

संवैधानिक इजलास गठनमै किचलो : दुई न्यायाधीशलाई हट्न दबाब

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलास गठनमै पुगेर अल्झिएको छ । आइतबार रिट निवेदक तर्फका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै इजलास छाड्न दबाब दिएपछि रिटमाथिको बहस विषयमा प्रवेश नगरी प्राविधिक विषयतर्फ मोडिएको छ ।रिट निवेदकतर्फका कानुन व्यवसायीको तर्क छ, ‘०७७ फागुन २३ मा बमकुमार श्रेष्ठले नेकपा फुटाउने फैसला गरेका थिए, त्यो मुद्दासँग विघटनको मुद्दाको साइनो जोडिएको छ ।’बमकुमार श्रेष्ठ र कुमार रेग्मील

संवैधानिक इजलास अब मंगलवार बस्ने, न्यायाधीश परिवर्तन हुने कि नहुने टुंगो भोलि !

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलवारसम्मका लागि स्थगित भएको छ । मंगलवार बस्नेगरी आजको इजलास हेर्दाहेदैमा सकिएको छ ।  आइतवार संवैधानिक इजलासमा न्यायाधीश वमकुमार श्रेष्ठलाई राखेको विषयमा बहस भएको थियो ।  अधिवक्ता गोविन्द बन्दीले नेकपा विभाजनको फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा बस्न नहुने जिकिर गरेपछि यसबारे बहस भएको थियो । रिट निवेदकहरूको तर्फबाट बहस भएपछि महान्यायाधिवक्ता रमेश बडाल र दुई जना सहन्यायाधिवक्ताले बहस गरेका थिए ।  बडालले विपक्षीले उठाएजस्तै अमूक ...