वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस : चोलेन्द्रलाई ‘क्लिन चिट’ दिनु नै राजद्रोह हो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘क्लिन चिट’ दिनु राजद्रोह हुने दाबी गरेका छन् । संघीय संसदका महासचिव महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो दाबी गरेका हुन् । थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता थापाले पनि बहस गर्ने

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ। अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले सन्दीपको पक्षमा बहस गरेका छन् । उनको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता शम्भु थापा पनि थपिएका छन् । अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। यसअघि थुनछेक बहसको पहिलो […]

प्रतिनिधिसभा विघटन : जवाफी बहस शुरु

काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका छन्। सभामुखका तर्फबाट बहस सकिएपछि आइतबार रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो।दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्नेछन्। रासस

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि निवेदकको तर्फबाट बहस हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवदेकको तर्फबाट आज पनि बहस जारी रहनेछ। बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी गरी ५ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, तुलसी भट्ट, बोर्णबहादुर कार्की तथा अधिवक्ता डा.दिनमणि पोखरेल लगायतले बहस गर्ने तयारी छ।

विघटन बहस : राष्ट्रपतिले हरेक धारामा केपी ओली नै खोज्नुभो !

प्रतिनिधिसभा विघटनको मुद्दामा शेर बहादुर देउवासहितका सांसदको रिटमा बहस शुरु भएको छ । बुधवार ५ जना अधिवक्ताले बहस गरे ।  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गरेका छन् ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको तर्फबाट बहस गरेका वकिलहरूले मुख्यतः दुईवटा कुरा उठाए । राष्ट्रपतिको गलत भूमिका र धारा ७६ (५)मा दलको ह्विप नलाग्ने कुरा उनीहरुले उठाएका छन् ।अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्री मिल

राष्ट्रपति भण्डारीमाथि किन खनिए शम्भु थापा?

काठमाडौँ: वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीलाई लिएर प्रश्नै-प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाका तर्फबाट बहस गर्दै थापाले प्रधानमन्त्री संविधानले जन्माउने हो कि राष्ट्रपतिले भनेर प्रश्न गरे। थापाले बहुमत सांसदको निर्णय रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको पनि बताए। आफ्नो निर्णयको न्यायिक पुनरवलोकन हुन नसक्ने राष्ट्रपतिको…

‘दुई तिहाई आएन भन्दै ओलीले फेरि विघटन गरेर चुनाव गर्छु भने के हुन्छ ?’

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापा र सुरेन्द्र महतोले बहस गरेका छन् भने अर्का वरिष्ठ अधिवक्ता शेरबहादुर केसीको बहस सकिएको छैन । उनले बुधवार पनि बहस गर्दैछन् ।थापा र महतोले राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओली धारा–७६ (१) अनुसारका हुन् भनेर राजपत्रमा सूचना प्रकाशन नगरेको बताए । संविधानले ओलीलाई ७६ (२) को प्रधानमन्त्रीको रुपमा मात्र चिन्ने दावी गर्दै वरिष्ठ अधिवक्ता महतोले भने–‘आजसम्म राजपत्रमा छापेको छैन्, अब पुरानो मितिमा र

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजको बहसमा शम्भु थापाले के भने ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौँ दिन सुनुवाइ हुँदाहुँदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । संवैधानिक इजलासले यही माघ ४ गतेदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस गरिएको आठौँ दिनमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता मेघराज पोखरेलले बहस गरे । वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानमा विघटन गर्ने व्यवस्था नभएको तर्क प्रस्तुत गरे । विघटित प्रतिनिधिसभाका सांसद देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठका तर्फबाट बहस गर्दै वरिष्ठ ...