वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा बहस गर्न माग गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बुधवार संवैधानिक इजलासमा शुरू सुनुवाइमा शुरुवाती बहस गर्दै श्रेष्ठले बृहत् पूर्ण इजलासबाट संवैधानिक विवाद टुंगो लगाउनु पर्ने माग गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा बुधवार सुनुवाइ शुरू भएको हो । पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटन गैर संवैधानिक भएको जिकिर...