सुर्खेत– संघीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ । केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरूको सम्भावना एकाएक उथलपुथल भएको हो । कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छन् । संघीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता पाए […]