कर्णाली प्रदेशमा शुक्रबार गज्जबको पोलिटिकल ड्रामा भयो। ढल्ला ढल्ला भइसकेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार विश्वासको मत पाएर जोगियो। माओवादीका मुख्यमन्त्री भएको त्यो दुई मध्ये एक प्रदेश थियो। सिट भने माओवादीको भन्दा एमालेको बढी थियो। एमालेले शाहीको सरकारलाई गरेको समर्थन फिर्ता लिएपछि ‘भ्यागुताको धार्नी पुर्याउने’ खेल सुरु भएको थियो। कर्णालीको रोचक राजनीतिक घटनाक्रम बुझ्न सजिलो [...]