अघिल्लो सरकारका काम कटौती गरेको माओवादीको आरोप

सुर्खेत : अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको भन्दै कर्णाली प्रदेशसभामा आजको बैठकमा नेकपा  माओवादी केन्द्रले कर्णाली सरकारको विरोध गरेको छ।‘सरकार र प्रदेशसभामा हाम्रो दलका कामहरूलाई पूर्ण रुपमा असहयोग गरेको पाइएको छ‚’ प्रदेशसभा सदस्य गोपाल शर्माले आरोप लगाए‚ ‘घाइते र अपांगलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोतसाधन समितिलाई पूर्णता दिने कामसमेत बीचमै अलपत्र पारिएको छ।’माओवादीको भागमा परेका सबै काममा असहय