आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशमा नेकपा माओवादीले १० जना उम्मेदवार मैदानमा उतारेको छ । माओवादीले प्रदेशमा २४ सिटमध्ये गठबन्धनबाट १३ सिटमा दाबी गरेपनि अन्ततः १० सिटमा मात्रै उम्मेदवारी दिएको हो । सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले माओवादीको भागमा ९ सिटमा सहमति जुटाएको थियो । तर, रुकुम पश्चिम (ख)मा कांग्रेस/माओवादी दुबै दलको नाम उल्लेख थियो । सोहीअनुसार त्यहाँ माओवादी र कांग्रेस दुबैले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ अनुहारलाई प्राथमिकतामाओवादीले आफ्नो भागमा