उपेन्द्र यादवले दिए चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका छन् भने अन्य क्षेत्रमा अपेक्षाकृत परिणाम आउन सकेन । त्यसलगत्रै उनले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचनको क्षेत्रगत आधारमा पार्टीको हरेक तहको नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले

सम्बन्धित सामग्री

कार्यदलले बुझायो अध्यक्ष थापालाई चुनावी समीक्षा प्रतिवेदन

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनपछि राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले आज अध्यक्ष कमल थापासमक्ष पेस गरेको छ । पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी ९-१० माघमा काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ । प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले […]

कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन

काठमाडौँ ।  गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित "निर्वाचन समीक्षा कार्यदल"ले बुधबार आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेस गरेको छ ।  पार्टी उपाध्यक्ष डा.

राजनीतिक समिति बैठकका लागि जसपाले गर्यो एजेन्डा तय

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकका लागि विभिन्न एजेन्डा तय गरेको छ । पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको एजेन्डा तय गर्नका लागि आज कार्यकारिणी समितिको बैठक बसेको थियो ।सो बैठकले देशको समसामयिक राजनीतिक परिस्थिति, चुनावी समीक्षा, विधान अधिवेशन, वर्गीय सङ्गठनलाई पुनर्गठन, विभिन्न दलसँग एकताका लागि वार्ता समिति गठन, चुनावको विषयमा विभिन्न जिल्लाबाट आएका प्रतिवेदन बारे अध्ययन गर्न समिति गठनलगायतका एजेन्डा तय गरेको पार्टीका प्रवक्ता एवं राजनीतिक समितिका सदस्य मनिष सुमनले बताए ।&n

जसपाका अध्यक्ष यादवद्वारा चुनावी समीक्षा प्रतिवेदन बुझाउन पुनः निर्देशन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सात दिनभित्र निर्वाचन समीक्षा प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् ।  उनले प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति तथा जिल्ला समन्वय समितिहरुलाई पत्र पठाएर सो निर्देशन दिएका हुन् । यसअघि मंसिर १३ गते पनि सबैलाई पत्र पठाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि हालसम्म कसैको प्रतिवेदन नआएका कारण पुनः ताकेता गरि पत्र पठाइएको अध्यक्ष यादवले बताए ।  मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा

चुनावमा हारको कारण खोज्दै जसपा

१४ मंसिर, काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जम्मा ७ सिट जितेको जनता समाजवादी पार्टी (जसपा)ले हारको कारण पहिल्याउन सुरु गरेको छ । उसले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेको छ । जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव […]

बाबुराम र उपेन्द्रको आ-आफ्नो बहुमत कायम गर्ने दाउ, जसपा बैठक अनिश्चित

जनता समाजवादी पार्टी नेपालको बैठक अझै अनिश्चित देखिएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि बैठकको माग राख्दै आएका छन् । स्थानीय चुनाव सकिएपछि पार्टीमा चुनावी समीक्षा पनि भएको छैन ।जिल्ला–जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन आएपछि मात्र बैठक बस्ने जसपाको तयारी छ । जसपाका कार्यालय सचिवसमेत रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले भने, ‘अहिलेसम्म चुनाव नै सकिएको छैन, जिल्लाहरूमा जिल्ला समन्वय समितिको चुनाव चलिरहेको छ ।

नेकपा एसको स्थायी कमिटी : चुनावी समीक्षा सुरु, झलनाथले गरे ब्रिफिङ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीमा चुनावी समीक्षा सुरु भएको छ । पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको १२ औँ बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयले तयार गरेको प्रतिवेदन स्थायी कमिटीमा पेस भएको छ । यसमा सातै प्रदेशका […]

जसपा विवाद : चुनावी समीक्षा बैठकमा किन भयो कुटपिट ?

स्थानीय चुनावको समीक्षाका लागि मंगलबार जनकपुरको एक होटलमा धनुषा जिल्लाको बैठक बसेको थियो । सो बैठकमा आफ्नो पालिका सवैलाको बारेमा प्रतिवेदन प्रस्तुत गरेपछि जसपा पालिका अध्यक्ष वैद्यनाथ रायमाथि आक्रमण भयो । अचानक कुटाकुटको अवस्था किन आयो ? अनि बैठकमा उठेका अन्य विषयमा जसपा सबैला नगरपालिका अध्यक्ष वैद्यनाथ राय / केन्द्रीय सदस्य साधु यादवसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानीःबागी उम्मेदवार उठाएर माओवादीलाई सघाएको भन्ने बित्तिकै ममाथि आक्रमण भयो : वैद्यनाथ रायमंगलबार बसेको समीक्षा बैठकमा किन झ

चुनावी समीक्षा गर्न राप्रपा प्रजातान्त्रिकले बनायो समिति

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले चुनावको समिक्षा गर्न अध्यक्ष पशुपतिशम्शेर जबराको संयोजकत्वमा नौ सदस्यीय विश्लेषण तथा समीक्षा समिति गठन गरेको छ । मंगलबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनको समीक्षा गरी प्रतिवेदन तयार गर्न अध्यक्ष समिति गठन गरेको छ । प्रवक्ता राजेन्द्र गुरुङका अनुसार समितिमा उपाध्यक्षत्रय दीपक बोहरा, …