जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सात दिनभित्र निर्वाचन समीक्षा प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् । उनले प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति तथा जिल्ला समन्वय समितिहरुलाई पत्र पठाएर सो निर्देशन दिएका हुन् । यसअघि मंसिर १३ गते पनि सबैलाई पत्र पठाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि हालसम्म कसैको प्रतिवेदन नआएका कारण पुनः ताकेता गरि पत्र पठाइएको अध्यक्ष यादवले बताए । मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा