काठमाडौं (अस) । प्रभु क्यापिटलको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयरसहित ४० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ ।
योसँगै धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति लिएका संस्थामध्ये प्रभु क्यापिटल १ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङअन्तर्गत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपी सदस्य, सामूहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन आदि सेवा दिँदै आएको छ ।