माछापुच्छ्रे क्यापिटलद्वारा एक अर्बको लगानी व्यवस्थापन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छे« कृति क्यापिटलले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।हालै लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाइ छ […]

सम्बन्धित सामग्री

तीन नयाँ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरी १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो ।  नेप्सेले असार २१ र साउन १२ गते ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो चरणमा तीन ब्रोकर कम्पनी– मेगा स्टक मार्केट लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेडलाई साउन १९ गते सदस्यता दिएको नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिए ।  उनका अनुसार मेगा स्टक मार्केटलाई ७५, माछापुच्छ्रेलाई ७६ र नबिललाई ७७ नम्बरको सदस्यता दिइएको छ । यिनले साउन १२ गते सदस्यता पाएका सात कम्पनीसँगै नेप्सेमा आवेदन दिएका थिए । आवश्यक कागजात नपुगेकाले ऊबेला यी कम्पनीले सदस्यता नपाएको नेप्सेको भनाइ छ । सँगै आवेदन दिएका सात कम्पनीले सदस्यता पाएको १ सातापछि यी तीन कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी प्राप्त गरेको दाहालले जानकारी दिए । मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ । माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सीमित कार्य गर्नेछ । नबिल सेक्युरिटिजले तेस्रो तहको धितोपत्र व्यापारीको काम गर्नेछ । नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर हो । मेगा ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी हो । माछापुच्छ्रे  सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्तापूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो ।  नेपाल धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका कम्पनीले धितोपत्रको दोस्रो बजार सञ्चालकको समेत सदस्यता लिनुपर्ने व्यवस्थाबमोजिम १७ कम्पनीले नेप्सेको सदस्यता लिएका हुन् । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स पाएका १८ मध्ये एक कम्पनी केबिएल सेक्युरिटिज लिमिटेड पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताका लागि आवेदन दिएको छैन् । बोर्डबाट तेस्रो चरणमा लाइसेन्स पाएका कम्पनीहरूले समेत नेप्सेको सदस्यता लिनुपर्नेछ । बोर्डले साउन ४ गते थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । ती कम्पनीले नेप्सेको सदस्यताका आवेदन दिएको जानकारी आएको छैन ।  बोर्डले पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । धितोपत्र बोर्डले पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरका लागि ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र २७ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स दिएको छ ।  नेप्सेको सदस्यता लिएका ब्रोकर कम्पनीले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले नेप्सेसँग सम्झौता पनि गर्नुपर्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र दिन्छ । नेप्सेको सदस्यता पाएका कम्पनीले सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ ।

थप ७ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता, ३ ओटा अझै पर्खाइमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गरेका ११ कम्पनीहरूमध्ये १० कम्पनीलाई आशयपत्र प्रदान गरेको नेप्सेले तीमध्ये ७ कम्पनीलाई आज सदस्यता प्रदान गरेको हो । नेप्सेले १० कम्पनीलाई असार १५ गते आशयपत्र प्रदान गर्ने निर्णय गरेको थियो ।  बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गर्ने ११ कम्पनीमध्ये के.वि.एल सेक्यूरिटिज लिमिटेडले भने पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताको लागि आवेदन दिएको छैन । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले दिएको जानकारी अनुसार सदस्यता पाउने थप कम्पनीहरूमा एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड शेयर एक्सचेन्ज र कलश स्टक मार्केट छन् । यी कम्पनीहरूसँगै आशयपत्र प्राप्त गरेका नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स र माछापुच्छ्रे सेक्युरिटिज भने सदस्यताको पखाईमै छन् । प्रमुख कार्यकारी अधिकृत कार्कीका अनुसार यी कम्पनीहरूले आवश्यक काजगात पूरा गर्न बाँकी छ ।   नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर छ भने मेगा स्टक मार्केट ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी छ । माछापुच्छ्रे सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्ता पूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी छ । नेप्सेको सदस्यता पाउने थप सात कम्पनी पनि पहिलो तहको सीमित कार्य गर्ने कम्पनीहरू छन् । यसअघि ६७ नम्बरसम्म ब्रोकर सदस्यता वितरण गरिसकेको नेप्सेले ६८ नम्बरमा एटिल स्टक हाउस लिमिटेड, ६९ नम्बरमा इन्डेक्स सेक्युरिटिज, ७० नम्बरमा इन्फिनिटी सेक्युरिटिज लिमिटेड, ७१ नम्बरमा शुभकामना सेक्युरिटिज, ७२ नम्बरमा हातेमालो फाइनान्सियल सर्भिसेस, ७३ नम्बरमा मनि वर्ल्ड शेयर एक्सचेन्च र ७४ नम्बरको कलस स्टक मार्केटलाई सदस्यता प्रदान गरेको छ ।  यसअघि पनि नेप्सेले पहिलो तहको सीमित कार्य गर्ने ७ कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । ती कम्पनीहरूले भने असारदेखि नै धितोपत्र बजारमा प्रवेश गरी कारोबार शुरू गरिसकेका छन् । हालसम्म नेपाल धितोपत्र बोर्डले तीन चरणमा २९ कम्पनीहरूलाई ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डको लाइसेन्सप्राप्त गरेका सबै कम्पनीहरूले नेप्सेको समेत सदस्यता लिनुपर्ने हुन्छ । नेप्सेको सदस्यता प्राप्त गरेपछि यी कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीहरूले आवश्यक सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अबरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र प्रदान गर्नेछ । राफसाफका लागि समेत नयाँ ब्रोकर कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पनि सदस्यता लिनुपर्ने व्यवस्था छ ।

माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन

माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन भएको छ । क्यापिटलको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेर कम्पनी रजिष्ट्रारमा स्वीकृतिको लागि पठाएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर २३ मा स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । यस संगै अब कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र कायम रहने छ ।  माछापुछ्रे क्यापिटलले करिब डेढ बर्ष अगाडी मात्रै कृति क्यापिटलसँग मर्जर गरि माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार गर्दै आएको हो। अब भने नामबाट कृति हटेको छ । यस कम्पनीले २ साता अघि मात्र १ अर्ब रुपैयाँ लगानी व्यवस्थापन पुर्याउन सफल भएको थियो। क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति लिई बिगत आठ बर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको हो। क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ।

माछापुच्छ्रे कृति क्यापिटलको सफलता

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलको सफलता कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायत सेवा प...

माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको जनाएको छ । कम्पनीले स्वैच्छिक लगानी व्यवस्थापन सेवा र गैरस्वैच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्रीसम्बन्धी परामर्श सेवा दिँदै आएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्यलगायतका सेवा दिँदै आएको छ ।