काठमाण्डाै - ललितपुरको जावलाखेलमा चलिरहेको २३औँ पुष्प मेलामा अहिलेसम्म झन्डै ८५ लाख रुपैयाँको कारोबार भएको छ ।
मेला सुरु भएको दिन गएको बिहीवार २१ लाख ५० हजार रुपैयाँ, अस्ति शुक्रवार दोस्रो दिन २७ लाख रुपैयाँ र हिजो झन्डै ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसाेसिएशन नेपालले जनाएको छ ।
तीन दिनमा झन्डै ३६ हजार आठ सय जनाले मेलाको अवलोकन गरेका र आज थप कारोबार हुने एसाेसिएशनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । मौसमी फूल, कट फ्लावर, सुनाखरी फूल, बीउबिजन, ग्री...