यतिबेला वसन्त ऋतु । बोटविरुवाको पात झरेर नयाँ पालुवा हाल्ने बेला । उराठबाट हरियालीतिर लाग्ने यो ऋतुमा रंगी विरंगी फूलले कसलाई पो मोहित नपर्ला र ! यही वसन्त ऋतुमा २३ औं पुष्प मेला सुरु भएको छ । ललितपुरको जावलाखेलको खेल मैदानमा सुरु भएको मेला चार दिनसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । मेलामा विभिन्न ५१ वटा स्टल रहेका छन् । मेलाको अवलोकन ४५ हजारले गर्ने र करिब ७५ लाखसम्मको व्यापार गर्ने अनुमान गरिएको एशोसिएसनका महासचिव विश्वमणि पोखरेलले जानकारी गराए । मेलामा मौसमी फूल, आलंक