काष्ठमण्डप पुनर्निर्माण समितिले भन्यो- गोरखनाथको मूर्ति फुटेकाले नक्कली मूर्ति प्रतिस्थापन गरिएको हो

गोरखनाथको पहिलेको मूर्ति फुटेकाले नक्कली मूर्ति दुरुस्तै बनाएर प्रतिस्थापन गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

सम्बन्धित सामग्री

काष्ठमण्डप समितिविरुद्धको अवहेलना मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

काष्ठमण्डप पुनर्निर्माण समितिविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डपको उद्घाटन गरिएको भन्दै परेको मुद्दामा न्यायाधीश रेग्मीको एकल इजलासमा सुनुवाइ तोकेको हो। गत सोमबार एक...

काष्ठमण्डप पुनर्निर्माणको काम सकियो

ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले […]

साढे ११ करोड लागतमा फेरि उभियो काष्ठमण्डप

१७ चैत, काठमाडौं । ऐतिहासिक तथा पुरातात्विक काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको हो । स्थानीयबासीले भने अझै फिनिसिङको काम सकिन बाँकी दावी गरेका छन् । विसं २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको काष्ठमण्डप देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठहरुबाट बनाइएको हो । […]

काष्ठमण्डप पुनर्निर्माण विवादमा

गोरखनाथको सक्कली मूर्तिलाई नयाँ नक्कली प्रतिमाले प्रतिस्थापन गरिएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र युनेस्को कार्यालयलाई पत्र बुझाइयो, प्राचीन मूर्तिलाई नै काष्ठमण्डपमा राख्न माग प्राचीन गोरखनाथको मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरेको भन्दै काष्ठमण्डप...

‘काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। ‘मलाई प्राप्त जानकारीअनुसार...

काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न

काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने र ‘फिनिसिङ’ कार्य भइरहेको बताउँदै अबको बढीमा तीन महिनाभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

हनुमानढोका क्षेत्रको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो । सम्पदाको पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकत अनुरूप रकम हस्तान्तरण गरिर...

तस्वीर : निषेधाज्ञामा पनि काष्ठमण्डप  पुनर्निर्माण जारी

निषेधाज्ञाको समयमा पनि सुरक्षाका उपाय अपनाउँदै यतिखेर पूरातात्विक महत्वको काष्ठमण्डप पुनर्निर्माणको काम सुचारु रहेको छ । विसं २०७२ सालको भुकम्पले पूर्णरुपमा क्षति पुगेको काष्ठमण्डप तीन वर्ष अघि पुनर्निर्माण गर्न क्षमापूजा गरिएको थियो । काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको निर्माण गरिरहेको छ । यसअघि काष्ठमण्डप एउटै रुखबाट बनेको सत्तल मानिन्छ, जसलाई नेवारी भाषामा ‘मरुसत्तः’ भनिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत तीन तले यो सम्पदाको पुनर्निर्माण पुरानै ढाँचामा गर्ने लक्ष्य रहेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान

काष्ठमण्डप पुनर्निर्माण नियमित

काठमाडौं । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनर्निर्माणको कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो । यही वैशाखभित्र पुनर्निर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनर्निर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ । पुनर्निर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौंडामा आइपुगेको छ । आठसय क्युफिट (घनफिट) काठ चिरेर ल्याउनुपर्ने भएकाले सोहीअनुरुप ल्याउने तयारी भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । उक्त सम्पदाको हालसम्म पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ । छानाका लागि आठ हजार क्युफिट काठ आवश्यक पर्दछ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप तीन वर्षअघि पुनर्निर्माणका लागि क्षमापूजा गरिएको थियो । उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको छ । रासस