हनुमानढोका क्षेत्रको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।
सम्पदाको पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकत अनुरूप रकम हस्तान्तरण गरिर...