निषेधाज्ञाको समयमा पनि सुरक्षाका उपाय अपनाउँदै यतिखेर पूरातात्विक महत्वको काष्ठमण्डप पुनर्निर्माणको काम सुचारु रहेको छ । विसं २०७२ सालको भुकम्पले पूर्णरुपमा क्षति पुगेको काष्ठमण्डप तीन वर्ष अघि पुनर्निर्माण गर्न क्षमापूजा गरिएको थियो । काठमाडौं महानगरपालिकाको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डपको निर्माण गरिरहेको छ । यसअघि काष्ठमण्डप एउटै रुखबाट बनेको सत्तल मानिन्छ, जसलाई नेवारी भाषामा ‘मरुसत्तः’ भनिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत तीन तले यो सम्पदाको पुनर्निर्माण पुरानै ढाँचामा गर्ने लक्ष्य रहेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान