काष्ठमण्डप पुनर्निर्माण समितिले महानगरलाई बुझायो कार्य सम्पन्न प्रतिवेदन, साँचो भने लिन मानेन

१६ असोज, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौं महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष राजेश शाक्यसहित पदाधिकारीले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन सहित समितिका अध्यक्ष शाक्यले महानगरपालिकालाई काष्ठमण्डपको साँचो बुझ्न आग्रह गरेपनि महानगरले साँचो भने बुझ्न मानेन । अध्यक्ष शाक्यले साँचो बुझेर भुक्तानी प्रक्रिया अगाडि बढाइदिनु […]