त्रिविका बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर गर्न परीक्षा नियन्त्रकको आग्रह

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका अहिले जारी रहेका स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न आग्रह गरेका छन्। परीक्षा नियन्त्रक जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र अब मानविकी तथा सामाजिक शास्त्र संकायको परीक्षामात्र बाँकी रहेकाले स्वास्थ्य मापदण्ड अपनाई परीक्षा सम्पन्न गर्न सम्बद्ध सबैलाई अनुरोध गरेका छन्। राष्ट्रिय […]

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्न सुझाव

काठमाडौँ–  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा […]

स्वास्थ्य मापदण्ड पालनाबिनै ३ सिफ्टमा परीक्षा

काठमाडौं, साउन २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य […]

स्वास्थ्य मापदण्ड पालनाबिनै त्रिविमा परीक्षा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ । त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन । त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्म...

स्वास्थ्य मन्त्रालयको सिफारिश अटेर गर्दै त्रिविले सञ्चालन गर्‍यो परीक्षा

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २४ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा स्थगित गर्न गरेको सिफारिस अट्टेर गर्दै त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्ड पालना समेत नगराई परीक्षा संचालन गरिरहेको छ । यसबाट विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड त हुने नै भयो, कक्षा संचालन अनलाइनबाट गर्ने विश्वविद्यालयले परीक्षा चाहिँ जोखिम हुन्छ भन्ने जान्दा जान्दै भौतिक […]

स्नातक र स्नातकोत्तरका परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह

परीक्षा नियन्त्रक पुष्पराज जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेका हुन्।

स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिन संसदीय समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति जयपुरी घर्तीले सबै परीक्षा केन्द्रमा डाक्टर–नर्स र सामान्य औषधी उपलब्ध गराउँदै स्वास्थ्य मापदण्डको पूर्णपालना गरी परीक्षा लिने वातावरण मिलाउन निर्देशन दिइन्। समितिले परीक्षण गराएर मात्रै परीक्षामा सहभागी गराउन, उपचाररत संक्रमित विद्यार्थीलाई पुनः परीक्षाको मौका दिन भनेको छ।

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी सुरु गरेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो । सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना […]

पूर्वनिर्धारित परीक्षा सर्तसहित सञ्चालन गर्न अनुमति

स्वास्थ्य मापदण्ड पूरा गरी शैक्षिक संस्थाहरूले पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सर्तसहित लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनका लागि अनुमति दिएको...

विराटनगरको सरकारी कार्यालयमा सेवाग्राहीको घुइँचो‚ स्वास्थ्य मापदण्ड उल्लंघन

विराटनगर : पछिल्लो समय कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय मोरङले नै स्वास्थ्य मापदण्ड पूरा गरेको छैन। कार्यालयले सेवाग्राहीलाई स्वास्थ्य मापदण्ड पालना र भौतिक दूरी कायम नगरी सेवा दिइरहेको छ ।बिहीबार दिँउसो कार्यालयमा नागरिकता लिन पुगेका सेवाग्राहीहरूको घुइँचो थियो। घुइँचोमा रहेका केहीले मास्क लगाएका थिएनन्। लाइनमा बसेकाहरूले भौतिक दूरी कायम गरेका थिएनन्।यस्तै‚ विराटनगर महानगरपालिका-४ बरगाछीमा रहेको परीक्षा बोर्डको कार्यालय परिसरमा बिहीबार दिनभरि विद्यार्थीहरूको घुइ