स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अटेर गर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा बेवास्ता गरेको छ ।
त्रिविले परीक्षा केन्द्र कायम गरेको अधिकांश क्याम्पसमा सामाजिक दूरी कायम गरिएको छैन भने परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीको स्वास्थ्य परीक्षण पनि गरिएको छैन । परीक्षार्थीले मास्क लगाएको छ कि छैन भन्नेमा सामान्य हेक्कासमेत राखिएको छैन ।
त्रिविको परीक्षा लिएरै छाड्ने ढिपीलाई विद्यार्थी नेताहरूले विरोध जनाएका छन् । पाटन संयुक्त क्याम्पस, नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तारा शर्म...