पूर्वनिर्धारित परीक्षा सर्तसहित सञ्चालन गर्न अनुमति
स्वास्थ्य मापदण्ड पूरा गरी शैक्षिक संस्थाहरूले पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सर्तसहित लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनका लागि अनुमति दिएको...
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए
काठमाडौंं, भदौ १५ । परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसको सङ्क्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो । बोर्डका […]
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। कोरोनाभाइरस महामारीका कारण स्थगित भएको परीक्षा अबको केहि दिनमै सुरु गर्ने तयारी भएको हो । तत्काल नयाँ आवेदन माग गर्ने सम्भवना भने कम रहेको विभागले जनाएको छ। झन्डै छ लाखले परीक्षाका लागि निवेदन दिएपनि परीक्षा भएको छैन ।
काठमाडौं, (नेस) । कोभिड–१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । यो अनुमतिसँगै कक्षा १२ को परीक्षा भौतिकरूपमै हुने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका अधिकारीको उपस्थितिमा सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न सहमति दिएको हो । मन्त्रालयका प्रवक्ता […]
काठमाडौं। सवारी चालक अनुमति पत्रको परीक्षा खुल्ने समय अनिश्चित बनेको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि सवारी चालक अनुमति पत्रका परीक्षा कहिलेबाट सुरु हुने भन्ने बारेमा अझै अन्योल छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार सीसीएमसीले सञ्चालन गर्न हुने निर्णय गरेपछि मात्रै लाइसेन्सको परीक्षा खुल्नेछ। उनकाअनुसार विभागका अनुसार हाल साढे ४ लाखभन्दा बढीले परीक्षाका लागि फर्म भरेका छन्।
काठमाडौं। काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। आइतबारको तीनै जिल्लाको सीडियोहरुको संयुक्त बैठकले कोठाको आकार अनुसार २५ जनाभन्दा बढी भेला नहुनेगरी परिक्षा सञ्चालन गर्न दिने निणर्य गरेको हो। २५ जनाभन्दा बढी संङख्या भए सिफ्टवाइजमा गरी परीक्षा सञ्चालन गर्नुपर्नेछ। सिफ्टमा परीक्षा सञ्चालन गर्दापनि एक समूह निस्किसकेपछि अर्को व्यक्ति जाने व्यवस्था मिलाउन भनेको छ।