शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन- स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिनू

संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।  प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।  समितिले परीक्षामा बस्नु पूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्...