जबजब सरकार अदलबदल हुन्छ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन दल तथा तिनका सांसदबीच हानथाप भएको त्यति सुनिन्न । पर्यटनमन्त्री भई पदभार ग्रहण गर्नुअघि ‘धेरैजसोले पर्यटनमा के नै छ र ?’ भनी नजरअन्दाज गरेको देखिन्छ । पर्यटन मन्त्रालयमा आइसकेपछि मन्त्रालयको कार्यक्षेत्र बुझ्नै नपाई धेरै मन्त्री बिदा भइसक्छन् । प्रायः मन्त्रीले बिदाइका बेला स्विकार्ने गरेका छन्, ‘पर्यटन मन्त्रालय बुझ्दाबुझ्दै समय बितेको पत्तै पाइएन ? धेरै गर्न सकिएन ।’